site stats
बाह्रखरी :: Baahrakhari
देश
बीपी राजमार्ग अवरुद्ध भएपछि चरिकोट हुँदै काठमाडौं पठाइयो सवारीसाधन

काठमाडौं । बीपी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक सडकबाट सवारीसाधनलाई काठमाडौं पठाइएको छ । बीपी राजमार्गमा बनाइएको अस्थायी सडक बाढीले बगाएपछि सवारीसाधनलाई दोलखाको चरिकोट हुँदै काठमाडौं पठाइएको हो ।

काभ्रेको रोशी गाउँपालिकाको विभिन्न स्थानमा रोशी खोलाले राजमार्ग कटान गरेको छ । नमोबुद्ध र धुलिखेलका क्षेत्रमा पनि सडक भासिएको र बगेको छ ।

बीपी राजमार्ग पूर्णरूपमा खुल्न अझै केही समय लाग्ने देखिएपछि खुर्कोट–मन्थली–चरिकोट हुँदै खाँडीचौर जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्