देश
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।
विभागका अनुसार, आजदेखि यस वर्षको मनसुन नेपालको पश्चिमी भूभागबाट बाहिरिएको छ । यद्यपि, पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिक प्रभाव पर्ने देखिएको छ ।
आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागले पश्चिमी वायुको प्रभावका कारण कृषि र पर्यटन क्षेत्रमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमबार, असोज २०, २०८२ १५:५२
प्रतिक्रिया दिनुहोस्