site stats
बाह्रखरी :: Baahrakhari
देश
भीमफेदी कारागारबाट भागेका थिए २० वर्ष सजाय तोकिएका राजकुमार, धादिङबाट पक्राउ

काठमाडौं । बिस वर्ष जेल सजाय तोकिएका कैदी धादिङबाट पक्राउ परेका छन् ।

भदौ २४ गते भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि देशभरका कारागारबाट कैदीबन्दी भागेका थिए । सोही क्रममा मकवानपुरको भीमफेदी कारागारमा कर्तव्य ज्यान कसुरमा २० वर्ष कैद सजाय तोकिएका धादिङको गल्छीका राजकुमार तामाङ पनि भागेका थिए ।

उनलाई घरमै लुकेको अवस्थामा प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी भेषराज रिजालले जानकारी दिए । तामाङलाई सोमबार नै केन्द्रीय कारागार सुन्धारा पठाएको छ ।

तामाङबाहेक धादिङ प्रहरीले दार्चुला कारागारबाट भागेका कैदी केशव थापा मगर र सिन्धुली कारागारबाट भागेका विश्व मिजारलाई समेत सोमबार पक्राउ गरेको छ ।

जेनजी प्रदर्शनपछि कारागारबाट भागेर धादिङ लुकेका १३६ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेर सम्बन्धित कारागार पठाएको एसपी रिजालले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्