देश
मकवानपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको वाग्मती गाउँपालिका–४, हरामी चोकस्थित सडकमा मंगलबार (असोज २१) बिहान माइक्रोबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको उक्त गाडीले भित्री बाटोबाट हाइवेतर्फ निस्कँदै गरेको ना५प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खोल्सीमा खसी दुर्घटना हुँदा गाडीमा सवार र मोटरसाइकल चालकसहित १६ जना घाइते भएका हुन् ।
घाइतेलाई उद्धार गरी उपचारका निम्ति स्थानीय साम्भी पोलिक्लिन तथा सहकारी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए । रासस
प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२ १०:३०
प्रतिक्रिया दिनुहोस्