site stats
बाह्रखरी :: Baahrakhari
खेल
चोटले स्पेनिस टिममा अटाएनन् रोड्री

काठमाडौं । स्पेनिस टिमका मिडफिल्डर रोड्रीले फिफाको अक्टोबर विन्डोअन्तर्गत विश्वकप छनोटका दुई खेल गुमाउने भएका छन् । घुँडाको चोटका कारण रोड्रीले जर्जिया र बुल्गेरियासँगको खेल गुमाउने भएका हुन् ।

मंगलबार स्पेनिस सकर फेडेरेसन (आरएफईएफ)ले रोड्रीलाई चोटका कारण सन् २०२६ मा हुने फिफा विश्वकप छनोटअन्तर्गत जर्जिया र बुल्गेरियाविरुद्धको खेलमा समावेश नगरिएको जनाएको छ ।

“रोड्रीलाई टिममा समावेश नगर्ने निर्णय आरएफईफको मेडिकल स्टाफको परामर्शका आधारमा गरिएको हो,” आरएफईएफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री गएको आइतबार ब्रेन्टफोर्डविरुद्धको खेलमा घाइते भएका थिए । चोटकै कारण यसअघि आठ महिना मैदानबाहिर रहेका रोड्री मेमा मात्र टिममा फर्किएका थिए ।

हाल फेरि घुँडाको चोटका कारण उनी करिब एक वर्ष बाहिर रहन सक्ने सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले जनाएका छन् ।

छनोटको समूह ‘इ’मा रहेको स्पेनले जर्जियासँग आउँदो शनिबार र बुल्गेरियासँग अक्टोबर १४ मा खेल्ने तालिका छ ।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्