काठमाडौं । देशका केही स्थानमा यति बेला वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंमा पनि छिटपुट पानी परेको छ । पश्चिम नेपालबाहेक देशका अरू भूभागमा मनसुनी वायुको कमजोर प्रभाव छ ।
पछिल्लो एक घण्टामा डडेलधुराको ज्यामिरखलीमा सबैभन्दा धेरै ८.२ मिलिमिटर वर्षा भएको छ । कैलाली, कञ्चनपुर, हुम्ला, नुवाकोटमा पनि पानी परेको महाशाखाले जनाएको छ ।
“गएको एक घण्टामा डडेलधुराको ज्यामिरखलीमा सबैभन्दा बढी पानी (८.२ मिलिमिटर) परेको छ । अहिले कैलाली, कञ्चनपुर, हुम्ला र नुवाकोटलगायतका जिल्लाको कुनैकुनै ठाउँमा पानी परिरहेको छ,” महाशाखाले मंगलबार (असोज २१) दिउँसो १२ः४५ बजे जारी गरेको सूचनामा उल्लेख छ ।