काठमाडौं । देशका केही स्थानमा यति बेला वर्षा भइरहेको छ । सातै प्रदेशका केही जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंमा पनि छिटपुट पानी परेको छ । देशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव छ । अरू भूभागमा मनसुनी वायुको कमजोर प्रभाव रहेको महाशाखाले जनाएको छ ।
पछिल्लो एक घण्टामा बर्दियाको बरगडाहामा सबैभन्दा धेरै ५१.२ मिलिमिटर वर्षा भएको छ । त्यसपछि काभ्रेको खोपासीमा १३.४ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।
“गएको एक घण्टामा सबैभन्दा बढी पानी बर्दियाको बरगडाहामा (५१.२ मिलिमिटर) परेको छ । त्यसपछि काभ्रेको खोपासीमा (१३.४ मिलिमिटर) परेको छ,” महाशाखाले मंगलबार (असोज २१) दिउँसो ३ बजे जारी गरेको सूचनामा उल्लेख छ, “अहिले सातै प्रदेशका केही जिल्लाहरूमा पानी परिरहेको छ ।”
