देश
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारीसाधन जलेपछि आजदेखि भारी उपकरण प्रयोग गरेर तिनलाई हटाउन थालिएको छ ।
आगजनीमा क्षतिग्रस्त एक हजार सवारीसाधनलाई सडक विभागका चारवटा भारी उपकरण प्रयोग गरेर हटाउन थालिएको विभागले जनाएको छ । विभागका अनुसार, हालसम्म २०० वटा चारपांग्रे र ४०० दुईपांग्रे सवारीसाधन व्यवस्थापन गरिएको छ ।
जलेका सवारीसाधनको व्यवस्थापन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा गरिएको छ । सिंहदरबारभित्र जलेका सवारीको व्यवस्थापन पूरा भएपछि अन्य स्थानका जलेका सवारी उठाइने विभागका कर्मचारी विष्णुकुमार महर्जनलाई जानकारी दिए । रासस
प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२ १६:४३
प्रतिक्रिया दिनुहोस्