site stats
बाह्रखरी :: Baahrakhari
खेल
अल्बाले व्यवसायिक फुटबलबाट सन्यास लिने

काठमाडौंं । स्पेन तथा ला लिगाको क्लब बार्सिलोनाका पूर्वरक्षक जोर्डी अल्बाले व्यवसायिक फुटबलबाट पनि सन्यास लिने भएका छन् । मंगलबार अल्बाले मेजर लिग सकर (एमएलएस)को अन्त्यमा  व्यावसायिक फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । 

“मेरो खेल जीवनको सबैभन्दा अर्थपूर्ण र महत्वपूर्ण समय आइसकेको छ । म मेरो व्यवसायिक फुटबल करिअर अन्त्य गर्ने निष्कर्षमा पुगेको छु,” अल्बाले इन्स्टाग्राममा लेखेका छन् । 

अल्बाले युवा अवस्थामै बार्सिलोनाबाट खेल करिअर सुरु गरेका थिए । तर, क्लबले उनलाई उमेरहद नपुगेको भन्दै सन् २००५ मा रिलिज दिएको थियो । बार्सिलोनापछि अल्बा स्पेनिस क्लब कोर्नाेलामा एक वर्ष अनुबन्धित भए । कोर्नाेलमा एक वर्ष खेलेपछि, अल्बालाई भ्यालेन्सियाले सन् २०१२ सम्मका लागि भित्र्याएको थियो । 

अल्बा भ्यालेन्सियासँगको सम्झौता समाप्त भएपछि पुनः बार्सिलोना फर्किएका हुन् । जहाँ उनले ११ सिजन बिताए । 

अल्बाले बार्सिलोनाबाट ६ पटक ला लिगाको उपाधि, एकपटक च्याम्पियन्स लिग, क्लब विश्वकपको उपाधि र पाँचपटक कोपा डेल रेको उपाधि उचालेका छन् । 

स्पेनको राष्ट्रिय टिममा सन् २००८ देखि स्थान बनाउँदै आएका अल्बाले सन् २०२३ मा अन्तर्राष्ट्रिय फुटबलबाट पनि सन्यास लिएका थिए । उनले सन् २०११ मा स्पेनको सिनियर टोलीबाट डेब्यु गरेका थिए । 

अल्बा सन् २०२३ मा बार्सिलोनाबाट अमेरिकी क्लब इन्टर मियामी आएका हुन् ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्