site stats
बाह्रखरी :: Baahrakhari
खेल
सकारात्मक नतिजा ल्याउने लक्ष्यमा छौँ : कप्तान चेम्जोङ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले नेपाली टोली भियतनामविरुद्धको खेलमा सकारात्मक नतिजा ल्याउने लक्ष्यसहित प्रस्तुत हुने बताएका छन् । बुधबार भियतनाम फुटबल संघ (भीएफएफ)ले एएफसी एसियन कप छनोट तेस्रो चरणअन्तर्गत भोलि हुने खेलको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा कप्तान चेम्जोङले टोली सकारात्मक नतिजा ल्याउने लक्ष्यसहित भियतनामविरुद्ध प्रस्तुत हुने बताएका हुन् । “भियतनामसँगविरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टोली उत्साहित छ । सिंगो नेपाली टिम यही मौकाको प्रतिक्षामा थियो । हामी साकारात्मक नतिजा हात पर्ने लक्ष्यमा प्रस्तुत हुनेछौँ । भियतनामको अग्रपंतिको बारेमा हामीलाई थाहा छ । तर, पनि हामी शतप्रतिशत दिनेछौँ,” कप्तान चेम्जोङले भने । 

नेपालले भोलि भियतनाविरुद्धको पहिलो लेग खेल्दै छ । खेल भोलि भियतनामको बिङडोङ रंगशालामा नेपाली समयअनुसार बेलुका ६ः१५ बजे सुरु हुनेछ ।

 

 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  २१:५५
प्रतिक्रिया दिनुहोस्