site stats
बाह्रखरी :: Baahrakhari
देश
कमजोर हुँदै मनसुन प्रणाली र स्थानीय वायुको प्रभाव


फाइल तस्बिर ।
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हल्का वर्षाको सम्भावना रहेको छ । 

मनसुन प्रणाली र स्थानीय वायुको प्रभाव कमजोर हुँदा धेरै स्थानमा मौसम सफा हुनेछ । वर्षा हुने स्थानमा पनि हल्का वर्षा मात्रै हुनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।

देशका पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव रहेको छ । बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको कमजोर प्रभाव रहेको विभागले बताएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ०६:११
प्रतिक्रिया दिनुहोस्