देश
काठमाडौं । काठमाडौं प्रहरीले बिहीबार (असोज २३) बिहानैदेखि उच्च सतर्कता अपनाएको छ । ‘जेनजी’का विभिन्न समूहले प्रदर्शन गर्ने आशंका र नेकपा (एमाले)ले भक्तपुरमा कार्यक्रम गर्ने तय भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको हो । सम्भावित घटना रोक्न सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
माइतीघर, थापाथलीलगायत विभिन्न चोकमा प्रहरी टोली परिचालन गरिएको छ । सात हजारको हाराहारीमा प्रहरी टोली परिचालन गरिएको प्रहरी अधिकारीको भनाइ छ ।
यसबाहेक सशस्त्र प्रहरी बलको टोली समेत खटाइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२ ११:२६
प्रतिक्रिया दिनुहोस्