site stats
बाह्रखरी :: Baahrakhari
देश
हिमपातले हुम्लाको न्यालु सडक बन्द
फाइल तस्बिर ।

हुम्ला । हिमपातका कारण न्यालु सडक अवरुद्ध भएको छ । नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक ६ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन् । 
 
सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ । बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ । सडकमा जमेको हिउँ पन्छाउन चार दिन लाग्ने उनले बताए ।  

समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ । हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा  प्रभावित भएका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्