site stats
बाह्रखरी :: Baahrakhari
खेल
विश्वकप छनोट : जापानविरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको दोस्रो खेलमा नेपालले जापानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

शुक्रबार ओमानको अल अमेरतमा हुने खेलका निम्ति भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोज्दै जापानलाई ब्याटिङको निम्ति दिए ।

प्रतियोगितामा आज लगातार दोस्रो जितको खोजीमा छ । नेपालले यसअघि पहिलो खेलमा कुवेतविरुद्ध ५८ रनको जित निकालेको थियो । यता, जापान पनि आज लगातार दोस्रो जितको खोजीमा छ । जापानले यसअघि कुवेतविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता छ । जसबाट तीन टिमले मात्र आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् । 

समूह चरणमा नौ टिमलाई प्रत्येक समूहमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा छनोट हुनेछन् । सुपर–६ को शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउने छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्