काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको दोस्रो खेलमा जापानले नेपालविरुद्ध पहिलो पावर प्लेमा मध्यम सुरुआत गरेको छ ।
शुक्रबार ओमानको अल अमेरतमा टस जितेर फिल्डिङमा आएको नेपालले जापानविरुद्ध पहिलो ६ ओभरमा एक विकेट लिएर ३१ रनमात्र खर्चिएको हो । नेपालका दीपेन्द्रसिंह ऐरीले जापानका ओपनर अभिषेक आनन्दलाई रनआउट गराएका थिए ।
प्रतियोगितामा आज लगातार दोस्रो जितको खोजीमा छ । नेपालले यसअघि पहिलो खेलमा कुवेतविरुद्ध ५८ रनको जित निकालेको थियो । यता, जापान पनि आज लगातार दोस्रो जितको खोजीमा छ । जापानले यसअघि कुवेतविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता छ । जसबाट तीन टिमले मात्र आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् ।
समूह चरणमा नौ टिमलाई प्रत्येक समूहमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा छनोट हुनेछन् । सुपर–६ को शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउने छन् ।