खेल
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको दोस्रो खेलमा जापानविरुद्ध लक्ष्य पछ्यारहेको नेपालले पहिलो पावर प्लेमा ४५ रन बनाएको छ ।
शुक्रबार ओमानको अल अमेरतमा जारी खेलमा जापानले दिएको १३२ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो ६ ओभर समाप्त हुँदा एक विकेट गुमाएर ४५ रन बनाएको हो ।
नेपालबाट क्रिजमा रहेका ओपनर आसिफ सेखले २१ र कप्तान रोहितकुमार पौडेलले एक रन बनाएका छन् । त्यसअघि नेपालले ५.६ ओभरमा अर्का ओपनर कुशल भुर्तेललाई व्यक्तिगत २१ रनमा गुमाएको थियो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२ १८:३०
प्रतिक्रिया दिनुहोस्