site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गहना

विद्यानन्द बेदर्दी


तिमी रोएको बेला म रुन सक्दिनँ आमा
लड्छु तर कायर म हुन सक्दिनँ आमा

तिम्रो हाँसो त मेरो गहना हो
हँसाइरहन पाऊँ सपना हो
गाउँदै रहूँ विजय गीत तिम्रो 
यही मेरो प्रिय साधना हो
बैरीसामु कहिल्यै झुक्न सक्दिनँ आमा

तिम्रो चोट अलि ज्ञात भइदिए
शिरमा तिम्रो हात भइदिए
निभाउने छुइनँ, निदाउने छुइनँ
रातभर तिम्रै बात भइदिए
तिमी नसुतेसम्म सुत्न सक्दिनँ आमा

तिम्रो आँसुको पाप लाग्ला
सम्पदा नरहे सखाप लाग्ला
दसै धाराको ऋण नचुकाए
बेइमानको छाप लाग्ला
तिमी ओइलिए म फुल्न सक्दिनँ आमा !

(अग्निसाइर–४, सप्तरी)
 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०६:०३
प्रतिक्रिया दिनुहोस्