site stats
बाह्रखरी :: Baahrakhari
देश
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । कोसी प्रदेशका एकदुई स्थानमा मात्रै वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । 

कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ । हिजोदेखि यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ । 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०६:२३
प्रतिक्रिया दिनुहोस्