site stats
बाह्रखरी :: Baahrakhari
देश
संकटग्रस्त जिल्ला इलाम पुगेर के भने मन्त्री घिसिङले ?

विराटनगर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढी तथा पहिरोबाट क्षतिग्रस्त इलाम जिल्लाको निरीक्षण गरेका छन् ।

शनिबार इलाम पुगेका मन्त्री घिसिङले पहिले जिल्लामा भएको क्षतिको सबै विवरण संकलन गरिसक्ने र पुनर्निर्माणको काम थाल्ने बताए ।

इलाममा रहेका १६ जलविद्युत् आयोजनामा क्षति पुगेको र ती आजभोलिबाट नै पुनः संचालनमा आउने बताए । संकटग्रस्त जिल्ला घोषणा गरिएकोले विशेष प्राथमिकता दिएर अघि बढ्ने उनले बताए ।

सिंचाई, खानेपानी र सडकसमेत पुनर्निर्माण थालिने उनले बताए । उनले भने, “मेची राजमार्ग भोलिसम्म चलाउने तयारी भएको प्राविधिक साथीहरुले जानकारी दिनु भएको छ ।” 

तीनवटै सरकारले राहत, उद्धार र पुनःस्थापनाको काम गर्ने उनले बताए । 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्