देश
झापा । मानव सेवा आश्रममा आश्रित एक व्यक्तिको मृत्यु भएको छ । मानव सेवा आश्रम झापाको मेचीनगर नगरपालिका–४ मा सञ्चालित छ ।
शिवसताक्षी नगरपालिकाले उद्धार गरेर पठाएका ५३ वर्षीया आश्रेफुल मुस्लिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
आश्रममा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यही असोज २० गते उनलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी मानव सेवा आश्रममा पठाएको थियो । योसँगै करिब एक वर्षको अवधिमा मानव सेवा आश्रममा ११ आश्रितको मृत्यु भइसकेको छ । रासस
प्रकाशित मिति: शनिबार, असोज २५, २०८२ १४:५६
प्रतिक्रिया दिनुहोस्