देश
काठमाडौं । भक्तपुरमा तास खेलिरहेका नौजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–२, दूधपाटीका ४२ वर्षीय अनिल कोजुसहितका व्यक्तिहरू छन् ।
सोही स्थानमा अनिलले सञ्चालन गरेको दरबार स्केट हाउसमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (असोज २४) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ४७ हजार ६७५ रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज २५, २०८२ १६:५४
प्रतिक्रिया दिनुहोस्