देश
काठमाडौं । कञ्चनपुरमा तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ का ३५ वर्षीय सुरेन्द्र बोहरासहितका व्यक्तिहरू छन् ।
भीमदत्त–१२, पिपरैयास्थित बोहराको पसलमा जुवातास खेलिरहेको अवस्थामा शनिबार (असोज २५) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ५४ हजार ४९१ रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०८२ १२:४३
प्रतिक्रिया दिनुहोस्