site stats
बाह्रखरी :: Baahrakhari
खेल
अल्बानियासँगको हारसँगै सर्बियाका प्रशिक्षकले दिए राजीनामा

काठमाडौं । अल्बानियाविरुद्ध घरमै हार बेहोरेपछि सर्बियाका मुख्य प्रशिक्षक ड्रागन स्टोकोभिकले राजीनामा दिएका छन् । 

फिफा विश्वकप–२०२६ को युरोपियन छनोटमा सर्बियाले घरेलु मैदानमै अल्बानियासँग १–० को हार बेहोरेको थियो । यही नतिजाका कारण स्टोकोभिकले जिम्मेवारीबाट राजीनामा दिएका हुन् । “मैले अध्यक्ष र महासचिवसमक्ष राजीनामा पेस गरेको थिए । मैले यो हारको कल्पना गरेको पनि थिएन । मैले यो हारको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ । र, यसको जिम्मेवार व्यक्ति पनि मै हुँ,” स्टोकोभिकले बताएका छन् । 

यसअघि स्टोकोभिक सन् २०२१ मा जिम्मेवारीमा आएका थिए । उनको नेतृत्वमा सर्बियाले सन् २०२२ मा कतारमा सम्पन्न फिफा विश्वकपको टिकट काटेको थियो । तर, पछिल्लो समय भने उनको नेतृत्वमा सर्बियाले खराब प्रदर्शन गरेको छ । 

सर्बियाले अल्बानियासँगको हारअघि इंल्याण्डसँग ५–० को लज्जास्पद हार बेहोरेको थियो । यो नतिजासँगै सर्बिया समूह ‘के’ मा सात अंकमा सीमित भएको छ । समूहको शीर्ष स्थानमा इंग्ल्याण्ड १५ अंकका साथ समूहको शीर्ष स्थानमा छ । अल्बानियाले ११ अंक जोडेको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्