खेल
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ब्याटिङ गरिरहेको नेपालका ओपनर आसिफ सेखले ५० रन पूरा गरेका छन् ।
आइतबार ओमानको अल अमेरतमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालबाट आसिफले ४५ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ४५ बलमा चार चौका र एक छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो नवौँ अर्धशतक हो ।
अर्धशतक बनाएसँगै आसिफ १५.६ ओभरमा आउट भएका छन् । उनले नेपाली टिमका खातामा कुल ५१ रन थपे ।
जारी खेलको १६ ओभर समाप्त हुँदा नेपालले १०३ रन बनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०८२ १७:३३
प्रतिक्रिया दिनुहोस्