देश
कटारी । उदयपुरमा ट्याक्टरको ठक्करबाट सोमबार (असोज २७) एक वृद्धाको मृत्यु भएको छ ।
त्रियुगा नगरपालिका–२, मोथिहाईस्थित भित्री कच्ची सडकमा मधेस प्रदेश ०१–००१ त २५६४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदलयात्री स्थानीय ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्याक्टर चालक स्थानीय २४ वर्षीय धर्मेन्द्र राजधामी घटनापछि फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
प्रहरीले ट्याक्टर धनी ४० वर्षीय रामनिवास राजधामीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । रासस
प्रकाशित मिति: सोमबार, असोज २७, २०८२ १५:०४
प्रतिक्रिया दिनुहोस्