site stats
बाह्रखरी :: Baahrakhari
देश
सडक निर्माणमा साढे ८१ लाख अनियमितता, सातजना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित सातजना र निर्माण सेवा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरूले सडक निर्माण गर्दा ८१ लाख ५३ हजार ६३० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा भेरी नगरपालिकाका इन्जिनियर मोहन मल्ल, सामाजिक विकास अधिकृत अनिल शाह, कानुन अधिकृत प्रकाशकुमार शाही, लेखापाल राजेन्द्रबहादुर कठायत, नायब सुब्बा कृतिबहादुर थापा र थापा/सविन/सुदर्शन जे.भी. र यसका प्रोप्राइटर दिपबहादुर खत्री रहेका छन् ।   

जाजरकोटको भेरी नगरपालिकाले रानागाउँ नेटीबजार सडक निर्माण गर्दा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा उनीहरूले ८१ लाख ५३ हजार ६३० रुपैयाँ अनियमितता गरेको खुलेपछि अख्तियारले मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा उनीहरूसँग ८१ लाख ५३ हजार ६३० रुपैयाँ बिगो माग दाबी गरिएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्