खेल
काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्धको दोस्रो लेगको पहिलो हाफमा नेपाल १–० ले पछाडि परेको छ ।
मंगलबार भियतनामको नोङन्हात रंगशालामा भियतनामलाई टोलीका न्गुयेन हिउ मिन्हले अग्रता दिलाए ।
समूह एफ मा रहेको नेपाल पहिलो अंकको खोजीमा छ । यता, भियतनाम भने नेपालविरुद्ध दोहोरो जितको खोजीमा हुनेछ । यसअघि सम्पन्न पहिलो लेगमा नेपाल ३–१ ले पराजित भएको थियो ।
समूहमा नेपाल अंकविहीन छ । छनोटको समूहको शीर्ष टोलीले आगामी वर्ष साउदी अरबियामा हुने एएफसी एसियन कपमा सिधै स्थान बनाउनेछ ।
प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२ १९:३९
प्रतिक्रिया दिनुहोस्