काठमाडौं । एएफसी एसियन यू–१७ महिला कप छनोटअन्तर्गत तुर्कमेनिस्तानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक भएको छ ।
बुधबार नेपाली राष्ट्रिय यू–१७ महिला टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले भूमिका बुढाथोकीको कप्तानीमा आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।
खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । यता, तुर्कमेनिस्तान भने आफ्नो अपराजित यात्रा कायम राख्ने कोसिसमा हुनेछ । खेल थाइल्यान्डको चुनबोरी रंगशालामा नेपाली समयअनुसार बेलुका ५:१५ बजे हुनेछ ।
समूहमा नेपालसँगै तुर्कमेनिस्तान र थाइल्यान्ड छन् । तुर्कमेनिस्तानले तीन अंक बनाएको छ । समूहको विजेताले सन् २०२६ मा आयोजना हुने एएफसी महिला यू–१७ कपमा स्थान बनाउनेछ ।
यस्तो छ सुरुआती ११
एलिजाकुमारी विक, अनिता रानामगर, आशिका कार्की, बबिता कार्की, भूमिका बुढाथोकी, घन्सु डोल्मो लो, झरना दुम्राकोटी, मीनमाया श्रेष्ठ, साहरा लिम्बु, सम्झना चन्द, यमकुमारी विक