site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसियन यू–१७ महिला कप छनोट : तुर्कमेनिस्तानविरुद्धको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । एएफसी एसियन यू–१७ महिला कप छनोटअन्तर्गत नेपाल र तुर्कमेनिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी भएको छ । 

बुधबार थाइल्यान्डको चुनबोरी रंगशालामा छनोटअन्तर्गत नेपाल र तुर्कमेनिस्तानबीच भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको हो । 

खेलमा नेपाल पहिलो जितको खोजीमा छ । यता, तुर्कमेनिस्तान भने अपराजित यात्रालाई कायम गर्ने प्रयासमा छ । तुर्कमेनिस्तानले यसअघि घरेलु टोलीविरुद्ध १७–० को जित निकालेको थियो । 

समूहमा नेपालसँगै तुर्कमेनिस्तान र घरेलु टोली छन् । समूहको विजेताले चीनमा २०२६ मा हुने एएफसी एसियन यू–१६ महिला कपमा सिधै स्थान बनाउने छ ।

 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्