site stats
बाह्रखरी :: Baahrakhari
देश
हतियारसहित भक्तपुरबाट एकजना पक्राउ

भक्तपुर । भक्तपुर प्रहरीले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीको सुकुम्वासी बस्तीका ४० वर्षीय गोपाल विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका डीएसपी प्रकाश जवेगुले जानकारी दिए ।

पक्राउ परेका विकको साथबाट ५.५६ केएफ १३ लेखिएको लिभर राउन्ड सातथान बरामद गरिएको छ । 

पक्राउ परेका विकमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  ०५:४१
प्रतिक्रिया दिनुहोस्