site stats
बाह्रखरी :: Baahrakhari
देश
झिलिमिली बत्ती लगाउँदा करेन्ट लागेर किशोरको मृत्यु
प्रतीकात्मक तस्बिर ।

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१, छपकैया टोलमा घरमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर १७ वर्षीय किशोरको मृत्यु भएको छ । स्थानीय पियुसकुमार साहको मृत्यु भएको हो ।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार, शनिबार (कात्तिक १) साँझ आफ्नो एकतले घरको छतमा झिलिमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको बस्नेतले जानकारी दिए ।

साहलाई उपचारका निम्ति वीरगन्जको नारायणी अस्पतालमा पुर्‍याइएको थियो । तर, बाटोमा नै उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

शव परीक्षणका निम्ति नारायणी अस्पतालमा राखिएको छ । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्