कञ्चनपुर । हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
मंगलबार (कात्तिक ४) महाकाली नदी किनारमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपीनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए । सशस्त्र प्रहरीको टोलीले सलामी दिएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो ।
अन्त्येष्टिमा नेपालका लागि इजरायली राजदूत समुलिक एरी बास सहभागी थिए । इजरायली दूतावासका प्रतिनिधिले विपीनको शवमा इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै सम्मान व्यक्त गरेका थिए ।
तेल अभिभबाट सोमबार (कात्तिक २) फ्लाई दुबईमार्फत काठमाडौं ल्याइएको विपीनको शव साँझ नेपाली सेनाको स्काई ट्रकबाट धनगढी पुर्याइएको थियो । त्यहाँबाट धनगढी उपमहानगरपालिकाको शववाहनबाट भीमदत्त नगरपालिका–३ स्थित विपीनको घरसम्म लगिएको थियो ।
मंगलबार बिहान घरबाट समाधिस्थल महाकाली भुजेलाघाटसम्म शवयात्रा निकालिएको थियो । शवयात्रामा पूर्वपरराष्ट्रमन्त्री एनपी साउद, पूर्वसांसद तारा लामा तामाङ, इजरायली राजदूत बास र उनकी श्रीमतीलगायत व्यक्तिहरू सहभागी थिए ।
थप तस्बिर हेर्नोस्–
-1761027915.jpeg)
-1761027916.jpeg)
-1761027916.jpeg)
-1761027915.jpeg)
-1761027915.jpeg)
-1761027915.jpeg)
-1761027914.jpeg)
-1761027914.jpeg)
-1761027914.jpeg)
-1761027914.jpeg)
-1761027913.jpeg)
-1761027913.jpeg)
-1761027962.jpeg)
-1761027962.jpeg)
-1761027961.jpeg)
-1761027961.jpeg)
-1761027960.jpeg)
-1761027960.jpeg)
-1761027960.jpeg)
-1761027960.jpeg)
-1761027959.jpeg)
-1761027959.jpeg)
-1761027915.jpeg)
-1761027916.jpeg)
-1761027916.jpeg)