site stats
बाह्रखरी :: Baahrakhari
देश
पाल्पामा कुटपिट गरी महिलाको हत्या
प्रतीकात्मक तस्बिर ।

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–४, देउगीरमा कुटपिटबाट एक महिलाको हत्या भएको छ । सोमबार (कात्तिक ४) राति करिब १२ बजे झडेवाका ३७ वर्षीय मीनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् ।

विश्वकर्माको कुटपिटबाट फूलमायाका श्रीमान् ८२ वर्षीय प्रेमबहादुर जिसी घाइते भएका प्रहरीले जनाएको छ । उनलाई उपचारका निम्ति लुम्बिनी मेडिकल कलेज पठाइएको थियो । त्यहाँबाट थप उपचारका निम्ति लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी होमप्रकाश चौधरीले जानकारी दिए ।

घटनाबारे राति १२ः३५ बजे प्रहरीले खबर पाएको थियो । त्यसपछि खटिएको प्रहरी टोलीले घटनामा संलग्न विश्वकर्मालाई पक्राउ गरेको हो । घरमै लुकीछिपी रहेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो ।

कुटपिटमा धारिलो हतियार समेत प्रयोग गरिएको स्थानीयले बताएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्