देश
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन बुधबार (कात्तिक ५) नेवार समुदायमा म्हः (आत्म)पूजा गरिएको छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः)पूजा पर्व मनाउने गर्छन् । यस दिन दिउँसो र कसैले बेलुका म्हःपूजा गर्ने गर्छन् ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले म्हःपूजा गर्ने परम्परा रहिआएको छ । आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।
नेवारी समुदायको बाहुल्यता रहेका काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा म्हः पूजा मनाउने गरिएको छ । हिमालयन टेली भ्वाइस
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२ १४:५८
प्रतिक्रिया दिनुहोस्