देश
काठमाडौं । इलाममा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–९, धजेडाँडाका ५२ वर्षीय टेकनाथ कार्की छन् ।
२२ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । मंगलबार (कात्तिक ४) बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
टेकनाथले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२ १७:२०
प्रतिक्रिया दिनुहोस्