site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा कौडा खेलिरहेका पाँचजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मोरङमा जुवा (कौडा) खेलिरहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ का ६७ वर्षीय अरुण गुप्तासहितका व्यक्तिहरू छन् ।

मोरङकै ग्रामथान गाउँपालिका–३, सिद्राहा बाँसबारी चोकमा कौडा खेलिरहेको अवस्थामा मंगलबार (कात्तिक ४) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ४८ हजार ५४० रुपैयाँ र कौडा १५ थानसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्