देश
काठमाडौं । सिन्धुलीमा भरुवा बन्दुकसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुधौली नगरपालिका–१४, गायोटारका ५३ वर्षीय कुलबहादुर सुनुवारसहितका व्यक्तिहरू छन् ।
भरुवा बन्दुक तीनथानसहित मंगलबार (कात्तिक ४) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२ १७:५५
प्रतिक्रिया दिनुहोस्