site stats
बाह्रखरी :: Baahrakhari
देश
कास्की र कञ्चनपुरमा तास खेलिरहेका १४ जना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कास्की र कञ्चनपुरमा तास खेलिरहेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्कीमा पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ का ६० वर्षीय बालकृष्ण गुरुङसहित सातजना छन् । गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार (कात्तिक ४) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद दुई लाख ९५ हजार ६७५ रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का ३८ वर्षीय प्रकाश धनाडीसहित सातजना छन् । भीमदत्त–१८, पुष्पलाल चोकस्थित पसलमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद ४१ हजार ९७५ रुपैयाँ र पाँच बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्