देश
रौतहट । रौतहटमा करेन्ट लागेर बुधबार (कात्तिक ५) एकजनाको मृत्यु भएको छ ।
गौर नगरपालिका–५ का पूर्ववडाध्यक्ष ४२ वर्षीय राम सोगारथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेतबारीमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तारबाट करेन्ट लागेर घाइते भएका यादवलाई उपचारका निम्ति प्रादेशिक अस्पताल गौर लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी राजु कार्कीले जानकारी दिए । रासस
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२ २२:०५
प्रतिक्रिया दिनुहोस्