site stats
बाह्रखरी :: Baahrakhari
खेल
त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा इरानविरुद्ध खेल्दै नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेपालले त्रिदेशीय मैत्रीपूर्ण फुटबलअन्तर्गत आज इरानसँग प्रतिस्पर्धा गर्दै छ । कप्तान सावित्रा भण्डारीले खेलका निम्ति नेपाली टिम तयार रहेको बताएकी छन् । आफूहरू इरानविरुद्ध चुनौती पेस गर्न तयार रहेको बताएकी छन् । 

“नेपाल इरानविरुद्ध खेल्न तयार छ । यहाँ (भारत) आइसकेपछि हामीले मैदानको पनि अवलोकन गरिसकेका छौँ,” उनले भनिन्, “हामी सबै खेलाडी इरानविरुद्ध खेल्न मानसिक र शारीरिक रूपमा तयार छौँ ।” 

प्रतियोगिताको लागि मुख्य प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नेपाली टोली बुधबार भारत पुगेको थियो ।

खेल भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६ः१५ बजे सुरु हुनेछ ।

नेपालले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो । उद्घाटन खेलमा यसअघि इरानले घरेलु टिम भारतलाई २–० ले पराजित गरेको थियो ।इरान भने आफ्नो अपराजित यात्रा कायम राख्ने प्रयासमा हुनेछ ।  प्रतियोगितामा इरानले ३ अंक जोडेको छ । 

बिहीबार मैत्रीपूर्ण फुटबलको ट्रफी अनावरण गरिएको थियो । प्रतियोगितामा हरेक टिमले दुई खेल खेल्नेछन् । शीर्ष टिमलाई विजेता घोषणा गरिनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  ०५:५५
प्रतिक्रिया दिनुहोस्