site stats
बाह्रखरी :: Baahrakhari
देश
तनहुँमा कौडा खेलिरहेका पाँचजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तनहुँमा कौडा खेलिरहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–४, सेपाबगैँचाका ८० वर्षीय विष्णुमान श्रेष्ठसहितका व्यक्तिहरू छन् ।

श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा बिहीबार (कात्तिक ६) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद २५ हजार १४५ रुपैयाँ र कौडा १६ थानसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्