देश
झापा । झापाको बिर्तामोड नगरपालिका–१०, फेसबुक चोकमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार (कात्तिक ७) दिउँसो आफ्नो घरमा बिजुलीको तार मर्मत गर्न खोज्दा करेन्ट लागेर स्थानीय ५५ वर्षीया तालामाई मर्डीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले घरमा बिजुली बाल्ने क्रममा समस्या देखिएपछि तार हेर्न खोज्दा करेन्ट लागेको आशंका गरिएको बताए ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक सन्तोष राईको नेतृत्वमा खटिएको टोलीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेको जनाइएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२ १५:५९
प्रतिक्रिया दिनुहोस्