site stats
बाह्रखरी :: Baahrakhari
देश
मधेसमा कात्तिक ११ गते पनि सार्वजनिक बिदा

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारले छठ पर्वको चौथो दिन अर्थात् कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिएको छ । प्रदेशअन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज सार्वजनिक कात्तिक ११ गते मंगलबार पनि सार्वजनिक बिदा दिइएको जनाएको हो । 

बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गर्नुपर्ने भएकाले प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ ।

०८१ चैत २२ गते प्रदेश राजपत्रमा प्रकाशित बिदासम्बन्धी सूचनामा छठका अवसरमा थप एक दिन बिदा दिने उल्लेख भएको मन्त्रालयका उपसचिव गणेश नायकले जारी गरेको सूचनामा उल्लेख छ ।

संघ सरकारले छठका लागि सन्ध्याको अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन कात्तिक १० गते सोमबार मुलुकभरि सार्वजनिक बिदा दिइसकेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्