देश
काठमाडौं । दाङमा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ का २७ वर्षीय विष्णु शर्मासहितका व्यक्तिहरू छन् ।
तुलसीपुर–७, जंग्रहवास्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (कात्तिक ७) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ६३ हजार ९२० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२ १५:४२
प्रतिक्रिया दिनुहोस्