site stats
बाह्रखरी :: Baahrakhari
खेल
आईसीसी विश्वकप क्रिकेट लिग : नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल दुबई अन्तर्राष्ट्रिय रंगशालामा जारी छ ।

त्रिकोणात्मक शृंखलामा नेपाल, अमेरिका र यूएई छन् । जारी लिगमा नेपाल चार शृंखलामा १६ खेल खेलेर १२ अंकका साथ सातौँ स्थानमा छ । अमेरिका २० खेलबाट २८ अंकका साथ दोस्रो स्थानमा छ ।

लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृंखलामा जम्मा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृंखला खेल्नेछन् । ६ शृंखला अरू राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोटमा सहभागी हुनेछन् ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, गुल्सनकुमार झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्