site stats
बाह्रखरी :: Baahrakhari
देश
यूएईमा तीन महिनामा ७९ जना नेपालीको मृत्यु

काठमाडौं । पछिल्ला तीन महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) रहेका ७९ जना नेपालीको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा उनीहरूको मृत्यु यूएईमा भएको हो ।

यूएईस्थित नेपाली दूतावासका अनुसार, ०८२ साउनमा ३२, भदौमा १९ र असोजमा २८ जना नेपालीको मृत्यु भएको हो ।

नेपाली दूतावासका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो । गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए ।

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्