काठमाडौं । इंग्लिस क्लब टोटनहमले इंग्लिस प्रिमियर लिगमा एभर्टनविरुद्ध ३–० को सहज जित निकालेको छ । आइतबार टोटनहमले एभर्टनविरुद्ध उसकै घरेलु मैदान हिल डिकिन्सन रंगशालामा ३–० को सहज जित निकालेको हो ।
टोटनहमको जितमा एमभीडे भेनले दुई गोल गर्दा पापे माटार सारले एक गोल गरे । टोटनहमले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो ।
खेलको १९औँ मिनेटमा भेनले टोटनहमलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा उनै भेनले अग्रतालाई दोब्बर बनाएका थिए । ८९औँ मिनेटमा सारले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
टोटनहमले जितसँगै तालिकामा १७ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा उक्लिएको उसले नौ खेलमा पाँच जित र समान दुई हार तथा बराबरीसहित यो नतिजा आत्मसाथ गरेको हो ।
पराजित एभर्टन भने ११ अंकका साथ तालिकाको १४औँ स्थानमा सीमित छ । आजै भएको अर्काे खेलमा इंग्लिस क्लब एस्टोन भिलाले पाहुना टोली म्यानचेस्टर सिटीलाई १–० ले निराश बनाएको छ ।
आइतबार भिलालाई घरेलु मैदान भिला पार्कमा जित दिलाउन टोलीका म्याटी क्यास निर्णायक बने । म्याटीले १९औँ मिनेटमा दिलाएको अग्रतालाई नै अन्तिम समयसम्म जोगाउँदै टोलीले जित पक्का गरेको हो ।
जितसँगै भिलाले तालिकामा १५ अंक जोडेको छ । भिलाले नौ खेल खेल्दा चार जित, तीन बराबरी र दुई हारसहित यो नतिजा आत्साथ गरेको हो ।
पराजित सिटी भने १६ अंकका साथ तालिकाको १६औँ स्थानमा सीमित छ ।