site stats
बाह्रखरी :: Baahrakhari
खेल
त्रिदेशीय मैत्रीपूर्ण फुबटल : भारतको सामना गर्दे नेपाल

काठमाडौं । नेपालले भारत र इरान सम्मिलत त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा आज घरेलु टोलीसँग खेल्दै छ । खेलमा नेपाल प्रतियोगिताको सुखद अन्त्यको खोजीमा हुनेछ । 

भारत पनि प्रतियोगिताको सुखद अन्त्यमा हुनेछ । यो दुवै टोलीको अन्तिम खेल हो । नेपाल र भारत दुवैले यसअघि च्याम्प्यिन इरानसँग खेल्दा क्रमश ३–० र २–० को हार व्यहोरेका थिए । इरानले शतप्रतिशत जित निकाल्दै प्रतियोगिता जितिसकेको छ । 

खेल भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयअनुसार ६ः१५ बजे हुनेछ ।

इरानले यसअघि नै प्रतियोगिताको उपाधि जितिसकेको छ । प्रतियोगितामा प्रत्येक टोलीले ‘सिङगल राउन्ड रोबिन’ प्रणालीअनुसार भारत र नेपालसँग जिते सिधै प्रतियोगिता जित्ने समीकरण थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ०७:४८
प्रतिक्रिया दिनुहोस्