site stats
बाह्रखरी :: Baahrakhari
देश
ग्यास बुलेटको ठक्करबाट  श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते
प्रतीकात्मक तस्बिर ।

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कास्थित सडकमा सोमबार (कात्तिक १०) बिहान ग्यास बुलेट गाडीले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । उनकी श्रीमती र छोरा घाइते भएका छन् ।

चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा प्र २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिएको हो । ठक्करबाट स्कुटर चालक सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका निम्ति हेटौँडा अस्पतालमा ल्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही दुर्घटनामा परी स्कुटरको पछाडि सवार उनकी श्रीमती २८ वर्षीया सरस्वती श्रेष्ठ र दुई वर्षीय छोरा प्रवीण घाइते भएका छन् । चितवनस्थित एलाइभ अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

ठक्कर दिने ग्यास बुलेटसहित चालक भारतको बिहारका ५५ वर्षीय मोहम्मद मतिनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्