देश
काठमाडौं । पाँचथरका छोराको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–८, भदौरेका ५२ वर्षीय बखतसिंह लिम्बू छन् ।
छोरा १७ वर्षीय सफल लिम्बूको हत्या गरेको उनीमाथि आरोप छ । आइतबार (कात्तिक ९) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
आफ्नै घरनजिक बारीमा बखतले भरुवा बन्दुकले प्रहार गर्दा सफलको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । भरुवा बन्दुकसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२ १६:०७
प्रतिक्रिया दिनुहोस्